बागमती सफाइ महाअभियान ६२० औँ हप्तामा, नदीको प्रदूषण जस्ताको त्यस्तै (तस्बिरहरू)
_sSPxcyPIBW.jpg)
काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती सफाइ महाअभियान चलेको १२ वर्ष भई सक्यो । पशुपति क्षेत्रमा ढलरहित बागमती बगाउने लक्ष्य सहित परियोजना थालिएको त २९ वर्ष नै पुगिसक्यो। यी अभियानहरूमा १८ अर्ब भन्दा बढी खर्च भई सक्दा पनि न नदी सफा भएको छ, न परियोजनाका काम लक्ष्य अनुसार नै हुन सकेको छ ।
बागमती सफाइ महाअभियान ६२० औँ हप्तामा प्रवेश गर्दा पनि बागमती नदीको प्रदूषण र फोहोर जस्ताको त्यस्तै रहेको छ। एकातिर अभियन्ताले नदी सफा गर्दै आएका छन् भने अर्कोतर्फ नदीमा ढल मिसाउने र फोहोर फाल्ने काम रोकिएको छैन ।
बागमती सभ्यता बचाउनका लागि सरकारले २०५१ मा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गर्यो जसलाई विभिन्न समयमा परिमार्जन गर्दै २०६४ मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बनाइएको छ । २०६७मा सरकारले बागमती एक्सन प्लान समेत बनायो।
त्यस बाहेक सरकारी तथा गैरसरकारी संस्थाको पहलमा स्वतःस्फूर्त रूपमा २०७० ज्येष्ठ ५ मा बागमती नदीलाई स्नात् गर्न लायक बनाउने लक्ष्य सहित सुरु भएको बागमती सफाइ महाअभियान अहिले पनि जारी छ। यी अभियानबाट केहि उपलब्ध भएतापनि बागमतीको प्रदूषण भने उस्तै छ। ढल मिसाउने र ठोस फोहोरमैला नदीमा फ्याक्नाले अहिले बागमती दुर्गन्धित बनेको छ ।
तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको अगुवाइमा राष्ट्रका लागि २ घण्टा स्वयंसेवी अभियान भन्ने नारा सहित सुरु भएको सो अभियानमा १५ लाख भन्दा बढिले सहभागिता जनाइसकेका छन् भने भने २० हजार टन भन्दा बढी फोहोर निकालिसकेका छन् । अभियान्ताहरु निरन्तर रूपमा लागि परेतापनि नदी सोच अनुसार सफा हुन् सकेको छैन ।तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर
-
सुर्यप्रसादलाई ‘डुबाउने’ मापदण्डको व्यवस्था अर्थमन्त्रालयद्वारा खारेज
-
तीनकुने घटना : अनर्गल फोटो र भिडियो प्रकाशन नगर्न प्रहरीको आग्रह
-
रविको आक्रोश– भिजिविलिटी गुमाइसकेको सरकार कुन नैतिकताका आधारमा बसेको छ ?
-
मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल
-
१० बजे १० समाचार : तीनकुने घटनामा पूर्वराजा जिम्मेवार : ओली, पार्टी राजनीतिमा फर्किए रवि