म्यानमार र थाइल्याण्डपछि अफगानिस्तानमा लगातार भूकम्प

काबुल । शनिबार बिहान अफगानिस्तानमा लगातार दुई भूकम्पको धक्का महसुस गरिएको छ। यो जानकारी राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले दिएको हो।
अफगानिस्तानमा पहिलो भूकम्प ४.३ म्याग्निच्युडको थियो। त्यसपछि आएको भूकम्पको तीव्रता ४.७ रहेको केन्द्रले सामाजिक सञ्जालमा भनेको छ ।
दोस्रो भूकम्पको केन्द्रबिन्दु जमिनबाट १८० किलोमिटर मुनि थियो भने पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनबाट २२१ किलोमिटर तल थियो।
पछिल्ला केही दिनहरूमा हिन्दु कुश क्षेत्रमा लगातार भूकम्प गइरहेको छ । बिहीबार पनि अफगानिस्तान केन्द्रबिन्दु भएर अर्को भूकम्प गएको थियो ।
सो भूकम्पको तीव्रता ५.२ रेक्टर स्केलको थियो । भूकम्पको केन्द्र अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा रहेको थियो । यसको झट्का भारतको कश्मीरसम्म महसुस गरिएको थियो ।
शुक्रबार नै म्यानमार र थाइल्याण्डमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पले दुवै देशमा विनाश निम्त्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा