सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई तुलना गर्दै एमाले महासचिवले भने–असलियत उदांगिएको छ

शनिबार, १६ चैत २०८१, ०७ : ५७
शनिबार, १६ चैत २०८१

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजवादी मोर्चा र राजावादीको प्रदर्शनको तुलना गर्दै राजावादीको असलियत उदांगिएको जिकिर गरेका छन् । 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'हिजो एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भए । विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरूको कार्यक्रममा भन्दा धेरै जनताको सहभागिता रह्यो । कार्यक्रम शान्त, मर्यादित र सन्देश मुलुक रह्यो । राजावादीहरूको कार्यक्रम हिंसात्मक, प्रतिरोधात्मक, अराजक रह्यो । '

व्यवस्थाको विकल्प दिन्छौ भन्नेहरू आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देश दिन सक्नु पर्नेमा त्यसमा राजावादीहरू पूर्णतः असफल भएको पोखरेलले बताए । उनीहरूका क्रियाकलापले राजतन्त्रको निरङ्कुशता र दमन बेहोर्न नपरेको नयाँ पुस्तालाई त्यस बारेमा थोरै भए पनि बुझ्ने मौका मिलेको उनको भनाइ छ । 

आन्दोलनका नाममा नियोजित रूपमा परिचालित आपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटबाट पीडित भएकाहरूलाई राज्यका तर्फबाट यथोचित सम्बोधन आवश्यक रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप