सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या १४४ पुग्यो, उद्धार जारी

शनिबार, १६ चैत २०८१, ०७ : ३८
शनिबार, १६ चैत २०८१

म्यानडले । म्यानमारमा शुक्रबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ । भूकम्पमा सयौँ घाइते भएको त्यहाँको सेनाले जानकारी दिएको हो ।

शुक्रबार म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का छिमेकी थाइल्याण्डदेखि भारत र चीनसम्म पुगेको थियो । शनिबार त्यहाँ स–साना परकम्पहरू अझै पनि गइरहेका छन् ।

उद्धारकर्मीहरू रातभर घाइते तथा भग्नावशेषमा पुरिएकाहरूको खोजीमा खटिएका छन् । भूकम्पका कारण म्यानमारको दोस्रो ठुलो सहर म्यानडलेमा धेरै भवनहरू ढलेका छन् । म्यानडले र याङगुनमा विद्युत् आपूर्ति प्रभावित भएका छन् ।

उता, थाइल्याण्डमा एउटा निर्माणाधीन गगनचुम्बी भवन ढल्ला १ सयभन्दा बढी हराइरहेका छन् । त्यहाँ थप दुई भवन खाली गराइएको छ । शनिबार २ हजारभन्दा बढी भवनहरूको अनुगमन गरिने बताइएको छ ।

यसैबिच, चीनबाट ३७ जनाको उद्धार टोली म्यानमार पुगेको समाचार एजेन्सी सिसिटिभीले जानकारी दिएको छ । टोलीसँग ११२ वटा आपत्कालीन उद्धारको सामग्री, भूकम्पबारे पूर्वसूचना दिने प्रविधि, ड्रोन र पोर्टेबल स्याटेलाइटहरू रहेका छन् । शुक्रबारको भूकम्पको धक्का चीनको युनान सहरमा महसुस गरिएको थियो । चाइना डेलीका अनुसार यसमा दुई जना घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप