सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

जर्मन बुण्डेस लिगामा बायर लिभरकुजेन विजयी

शनिबार, १६ चैत २०८१, ०६ : १८
शनिबार, १६ चैत २०८१

काठमाडौं । जर्मन बुण्डेस लिगामा दोस्रो स्थानको बायर लिभरकुजेन विजयी भएको छ । बायरले घरेलु मैदानमा भीएफएल बोचुमलाई ३-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा बायरलाई जित दिलाउन एलेक्स गार्सिया भिक्टर बोनिफेस र अमिन अदलीले एक-एक गोल गरे । पहिलो हाफअघि बोचुमका फेलिक्स पासल्याकले एक गोल फर्काए । 

बुण्डेस लिगामा २७ औं चरणका खेल सुरु हुँदा बायर ५९ अंकका साथ दोस्रो स्थानमा छ भने शीर्ष स्थानको बायर्न म्युनिखको ६२ अंक छ । यस्तै, ४५ अंक जोडेको मिन्ज तेस्रो स्थानमा छ । भीएफएल बोचुम भने झण्डै रेलिगेशन जोनमा पुगेको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप