आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

महाकालीको बार आज तपाईंको दिन कस्तो रहला ? हेरौं राशिफल

शनिबार, १६ चैत २०८१, ०६ : ०४
शनिबार, १६ चैत २०८१

आज विक्रम संवत २०८१ साल चैत्र १६ गते,  शनिबार । ईश्वी सन् २०२५ मार्च २९ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । तिथि–औशी, २७ घडी ३८ पला, बेलुकी ५ बजेर ३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–उत्तराभाद्रपदा, ३५ घडी ५० पला, बेलुकी ८ बजेर २० मिनेट उप्रान्त रेवती । योग–ब्रम्ह, ५२ घडी ५८ पला, बेलुकी ११ बजेर ५८ मिनेट उप्रान्त ऐन्द्र । करण–चतुष्पद, बिहान ६ बजेर १० मिनेट उप्रान्त नाग, बेलुकी ५ बजेर ३ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १९ मिनेट । दिनमान ३० घडी ४८ पला ।

आजको बार बेला 
बिहान ०६ बजेर ० मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर १ मिनेटदेखि बिहान ७ बजेर ३२ मिनेटसम्म शुभ बेला ।
बिहान ७ बजेर ३३ मिनेटदेखि बिहान ९ बजेर ५ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर ६ मिनेटदेखि बिहान १० बजेर ३७ मिनेटसम्म उद्धेग बेला ।
बिहान १० बजेर ३ ८मिनेटदेखि बिहान १२ बजेर १० मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर ११ मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म लाभ बेला ।
दिउँसो १ बजेर ४३  मिनेटदेखि दिउँसो ३ बजेर १४ मिनेटसम्म अमृत बेला ।
दिउँसो ४  बजेर १५ मिनेटदेखि बेलुकी ४ बजेर ४७ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ४८ मिनेटदेखि बेलुकी ७ बजेर ४७ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ९ बजेर ४ मिनेटदेखि बिहान १० बजेर ३७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर २५ मिनेटदेखि बिहान ५ बजेर १३ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) काम वा अध्ययनको शिलशिलामा लामो दुरीको यात्रा हुने योग रहेकोछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि यसदिन फलदायी रहनेछ । काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरु टाडिनेछन् । काम विशेषका साथ बाहिर निस्कदा बाहिरी वातावरणको ख्याल गर्नुहोला ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) काम वा अध्ययनबाट बिश्राम पाइनेछ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममूखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेस्ट धन आर्जन हुने ग्रह योग रहेकोछ । यात्रा गर्दा ध्यान दिनुहोला ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । यात्रा  गर्दा ध्यान दिनुहोला ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागि लामो दुरीको यात्रा हुनेछ । भिडभाड तथा हुलमुलमा जोगिएर यात्रा गर्नुहोला । धार्मिक यात्रा थाती राख्नुहोला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) पढाइ लेखाइमा उपलब्धि हात पार्नको लागि कडा मेहनेतको खाचो पर्नेछ । व्पायार व्यवसायमा समय दिन नसक्दा आम्दानिमा घटोत्तरी हुनेछ । आफन्त तथा दिदि बहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेकोछ । स्थाई सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, समय मध्ययम रहेकोछ । प्रेममा नचाहँदै नचाहँदै टाडिनु पर्दा मन खिन्न हुनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । व्यापार व्यवसायबाट नाफा कमाउन सकिनेछ भने यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । यात्रा गर्दा वा हुलहुलमा जादा ख्याल गर्नुहोला ।  

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) विवाद तथा प्रतिष्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फूर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेकोछ । यात्रा गर्दा वा सवारी साधन चलाउदा ख्याल गर्नुहोला ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दापछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) अध्ययनमा समय दिन नसस्दा अरुभन्दा पछि परिनेछ भने अरुकै लागि श्रम तथा शक्ति खर्च हुनेछ ।  रमाइलो वातावरणमा पनि मन खिन्न हुनेछ । साथीभाई तथा आफन्तसँग विवाद बढ्ने योग रहेकोछ, ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा वैमनश्यता बढ्नेछ । व्यापार व्यवसायमा समय लगानी गरे पनि आम्दानी थोरै हुनेछ । आमा तथा आफन्तसँग टाढिने योग रहेकोछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) उद्योग तथा उत्पादनमूलक व्यवसायमा लागानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरीको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । पुराना विवादित विषयहरु हल भएर जानेछन् । यात्रा गर्दा वा सवारी चलाउदा ध्यान दिनुहोला ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) समयमा काम गर्न सकिने भए पनि नतिजाको लागि केहि समय कुर्नु नै पर्नेछ । आफन्त तथा कुटुम्बसँग अनावश्यक विषयमा विवाद हुने तथा टाडिनु पर्ने बाध्यता आउनेछ । बोल्दा ख्याल गर्नुहोला बोलीको गलत अर्थ लगाई आलोचना गर्ने सक्रिय हुनेछन् । होटल तथा रेष्टुरेन्टको व्यवसायबाट भनेजस्तो आम्दानी  भएपनि अन्य व्यवसायमा मन्दि आउनेछ । अत्यावश्यक काम बाहेक यात्राको तय नगर्नुहोला ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) प्रतिस्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । समयानुकुल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले आर्थिक अवस्था सुदृड रहनेछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तपाईंको दिन शुभ रहोस्, 
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप