आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आठौं खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरु विजयी भएको छ । रोयल च्यालेन्जर्सले चेन्नई सुपर किंग्सलाई ५० रनले हरायो ।
सुरु व्याटिङ गरेको रोयल च्यालेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९७ रनको चुनौति पेश गरेकामा जवाफी मैदानमा उत्रिएको चेन्नई १४६ रनमै समेटियो । टस जितेर चेन्नईले पहिले फिल्डिङ रोजेपछि सुरु व्याटिङ गरेको रोयल च्यालेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९६ रन बनाएको थियो ।
रोयलका लागि रजत पाटीदारले ५१ रनको योगदान दिए भने ओपनर फिल साल्टले ३२ तथा विराट कोहलीले ३१ रन जोडेका थिए । बलिइतर्फ चेन्नईका नूर अहमदले ३ विकेट लिंदा मथिशा पथिरानाले २ विकेट हात पारे ।
जवाफी व्याटिङका क्रममा चेन्नई सुपर किंग्सका ओपनर रचिन रविन्द्रले ४१ रन जोड्दा महेन्द्र सिंह ध्वनीले अविजित ३० रनको योगदान दिए । रविन्द्र जडेजाले २५ रन बनाउँदा शिवम दुबेले १९ रन जोडे ।
बलिङतर्फ रोयल च्यालेन्जर्सका जोश हेजलउडले ३ विकेट लिंदा यश दयाल र लियम लिभिङ्सटनको नाममा २–२ विकेट रहयो । लगातार दोस्रो जितसँगै रोयल च्यालेन्जर्स स्पस्ट ४ अंककासाथ अंक तालिकाको शीर्ष स्थानमा छ । सातौं स्थानमा रहेको चेन्नईको २ अंक छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'कठै कर्णाली' : शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए किताब
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना
-
युभेन्ट्स बराबरीमा रोकिंदा एटलान्टा पराजित
-
सोमबार आजका लागि यस्तो छ विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
स्वास्थ्यमन्त्री पौडेल अमेरिकाको न्युयोर्कमा
-
झापामा ५० हजार बढी भूमिहीनले मागे जग्गाधनी पूर्जा