पूर्वराजा समर्थक स्वागत नेपालसहित थप ३ जना पक्राउ

काठमाडौँ । प्रहरीले पूर्वराजा समर्थकहरुको प्रदर्शनमा सक्रिय अधिवक्ता स्वागत नेपालसहित थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ छन् ।
उनीहरूलाई उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । यसअघि ललितपुरको ग्वार्कोबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका थिए ।
‘राजसंस्था पुनः स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई गौरीघाटस्थित घरमै नजरबन्दमा राखिएको छ । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मिलेर काठमाडौँको तीनकुनेमा प्रदर्शनको नाममा हिंसात्मक गतिविधि गरेको आरोप छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र सुवेदीको नेतृत्वको समूहले गरेको प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनी प्रशिक्षक गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने
-
नेपालको अटोमोटिभ कोटिङ बजारमा निप्पोन पेन्टको प्रवेश
-
त्रिवि केन्द्रीय क्याम्पसमा मतदान सम्पन्न, आजै नतिजा आउने
-
तीनकुने घटनाको ‘मुख्य जिम्मेवार’ ज्ञानेन्द्र भएको निष्कर्ष, कारबाहीको कानुनी आधार के ?
-
अखिल नेपाल किसान महासंघको महाधिवेशन आयोजक कमिटी गठन
-
तीनकुने घटनाको निसानामा परेका मिडियाको पक्षमा निर्णय लिन सरकारलाई सातदिने अल्टिमेटम