सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय
अपडेट

Breaking News : नवराज सुवेदी घरमै नजरबन्द

शुक्रबार, १५ चैत २०८१, २२ : ५७
शुक्रबार, १५ चैत २०८१

काठमाडौँ । प्रहरीले नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरेको छ । उनी केही अघि राजावादीले गठन गरेको  ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन् । 

गुह्वेश्वरी हाइटस्थित निवासमै प्रहरीले उनलाई नजरबन्द गरेको परिवारलाई उदृत गर्दै राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिए । सुवेदी तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा शुक्रबार सहभागी भएका थिए । 

सोही आन्दोलनलाई भड्काएको आरोपमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप