सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

Breaking News : राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री राणा पक्राउ

शुक्रबार, १५ चैत २०८१, २२ : ४९
शुक्रबार, १५ चैत २०८१

काठमाडौँ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । केहीबेरअघि उनीहरु राजधानीको ग्वार्को क्षेत्रबाट पक्राउ परेको राप्रपाका प्रवक्ता सगुन लावतीले पुष्टि गरे ।

बीएण्डी अस्पतालबाट बिरामी भेटेर फर्किँदै गर्दा उनीहरुलाई ‘केही बुझ्नुपर्ने’ भन्दै प्रहरीले पक्राउ गरेर लगेको उनको भनाइ छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको बताइएको छ । दुबैलाई अहिले टेकु लगिएको छ । 

शुक्रबार दिउँसो राजावादीको हिंसात्मक प्रदर्शन हुँदा २ जनाले ज्यान गुमाएका थिए भने व्यापाक तोडफोडको घटना भएको थियो । उक्त प्रदर्शनमा राजा र मिश्रसहितका राप्रपाका नेताहरु पनि सहभागी थिए । दुर्गा प्रसाईं मुख्य आयोजक भएको उक्त कार्यक्रममा राजावादी समूहहरुको संयुक्त मोर्चा पनि सहभागी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप