पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान

काठमाडौँ । नेकपा (एमाले) ले सबै राजनीतिक दल पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेको छ ।
एमाले महासचिव शङ्कर पोखरेलले आज विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आमनेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेका हुन् ।
एमालेले आज पूर्वराजावादीहरूको अराजक समूहले काठमाडौँको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाएको उडण्डता, अराजकता र हिंसाको घोर भत्सर्ना गरेको छ । महासचिव पोखरेलले आजका आपराधिक क्रियाकलापमा सङ्लग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।
‘शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी, लुटपाट, जानी–जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्,’ महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पोखरेलले एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
-
रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत
-
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री
-
धनकुटाको लेगुवा खोला पक्की पुल, स्थानीयलाई सङ्खुवासभा घुम्नुपर्ने बाध्यता हट्यो
-
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई
-
पत्रकार हत्याको विरोधमा मुख्यमन्त्री र प्रजिअलाई ध्यानाकर्षणपत्र