सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

सिरहामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई धरौटीमा छाड्न आदेश

शुक्रबार, १५ चैत २०८१, २१ : ०४
शुक्रबार, १५ चैत २०८१

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलितमाथि भएको ज्यादती घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई धरौटीमा रिहा गर्ने आदेश दिइएको छ ।  

जिल्ला अदालत सिरहाले जनही एक लाख रुपैयाँ धरौटी लिएर उनीहरूलाई छाड्ने आदेश दिएको हो ।

अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासले शुक्रबार प्रहरी हिरासतमा रहेका औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवसँग जनही एक लाख रुपैयाँ धरौटी लिने र थुनामुक्त गर्ने आदेश दिएको अदालतका शाखा अधिकृत समीर कुलुङले जानकारी दिए ।

 बजरंजी बाबाविरुद्ध पनि जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर भएको थियो । बजरंजी बाबाको हकमा भने अब कानुनबमोजिम म्याद जारी हुने कुलुङले बताए ।

गत फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको दीपक मल्लिकको घर गाउँपालिकाको डोजर लगाएर भत्काइएको थियो । पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष चैत ९ मा पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप