राजदूत घिमिरेको ओहोदाको प्रमाणपत्र पेश कार्यक्रम रद्द

लन्डन । बेलायती राजा चार्ल्स तृतीयको स्वास्थ्यमा अकस्मात समस्या देखा परेपछि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेको बिहीबार तय गरिएको राजासमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम रद्ध भएको छ ।
क्यान्सरसम्बन्धि उपचार गराइरहेका राजाको स्वास्स्थ्यमा समस्या देखा परेपछि अन्तिम अवस्थामा कार्याक्रम स्थगित गरिएको हो । बिहीबार १२ बजेर ४० मिनेटमा प्रमाणपत्र पेश गर्ने समय दिइए पनि दिउँसो ३ बजेर ४० मिनटका लागि सारिएको थियो । तर, अन्तिममा त्यो पनि रद्द भएको खवर आएको दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए ।
राजदूत घिमिरेसंगै बंगलादेश र सोमालियाका राजदूतको पनि राजासमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम निर्धारण गरिएको थियो । कार्यक्रमका लागि राजदूत घिमिरे र दूतावासका कूटनीतिक कर्मचारीहरु पूर्ण तयारीका साथ सेन्ट जेम्स पार्क पुगिसकेका थिए । त्यहांबाट उनीहरुलाई बेलायती परम्परा अनुसार बग्गीमा चढाएर दरबारसम्म लाने प्रचलन छ । उपयुक्त समय मिलाएर पुनः कार्यक्रमको समय तय गर्ने बकिंगहाम प्यालेसका प्रवक्ताले विज्ञप्ति मार्फत जनाएका छन् ।
राजदूतको ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रद्द भएपछि सोहीदिन साँझ दूतावासमा विशिष्ट व्यक्तिहरुमाँझ तय गरिएको रिसेप्सन कार्यक्रम पनि अन्तिम अवस्थामा स्थगित गर्दै दूतावासले क्षमायाचना गरेको छ । ७६ वर्षीय राजा चार्ल्स केहि समयको उपचारपछि क्लारेन्स हाउस फर्किसकेका छन् । चिकित्सकको सल्लाह अनुसार, उनले शुक्रवार बर्मिङघमको यात्रा र त्यहाँका चारवटा सार्वजनिक कार्यक्रमहरू स्थगित गरेका छन् । फेब्रुअरी २०२४ मा पहिलो पटक उनलाई क्यान्सर भएको घोषणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
-
रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत
-
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री
-
धनकुटाको लेगुवा खोला पक्की पुल, स्थानीयलाई सङ्खुवासभा घुम्नुपर्ने बाध्यता हट्यो
-
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई
-
पत्रकार हत्याको विरोधमा मुख्यमन्त्री र प्रजिअलाई ध्यानाकर्षणपत्र