सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

क्यानाडाको भिसा लगाइदिने भनी थाइल्याण्ड पुर्‍याएर अलपत्र, ५ जनाको उद्दार

शुक्रबार, १५ चैत २०८१, २० : १७
शुक्रबार, १५ चैत २०८१

काठमाडौँ । क्यानाडाको भिसा लगाइदिने भनी थाइल्याण्ड लगेर राहदानी आफैसँग लिई बिचौलियाले अलपत्र पारेका ५ नेपालीको उद्दार भएको छ । उद्दार हुनेमा चारजना पुरुष र एक महिला रहेका छन् । 

उनीहरुलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी आज नेपाल फर्काइएको हो । 

दूतावासले एक विज्ञप्तिमार्फत  नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु बैदेशिक रोजगारीमा नआउन र यस प्रकारको प्रलोभनमा नपर्न अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप