१५२ जना विद्यार्थी र शिक्षकलाई काठमाडौं महानगरपालिकाले पुर्यायो गन्तव्यमा
शुक्रबार, १५ चैत २०८१, १९ : ३३

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट फर्कन समस्या भएका १५२ जना शिक्षक र विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पुर्याएको छ।
परीक्षा दिएर घर फर्कन सवारी साधन अभाव भएमा खबर गर्न महानगरपालिकाले सार्वजनिक आव्हान गरेको थियो । त्यसअनुसार महानगर प्रहरी बलले चारवटा क्षेत्र (बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु) मार्फत उद्दार गरी विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित रूपमा गन्तव्य सम्म पुर्याएको हो ।
आज काठमाडौंमा गणतन्त्रवादी र राजावादी समूहको प्रदर्शन भइरहेकाले बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको थियो । त्यसैकारण कतिपय विद्यार्थीहरू परीक्षापछि घर फर्कन नसक्ने अवस्थामा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना आपराधिक हो: उपेन्द्र यादव
-
पश्चगमन र यथास्थिति अहिलेको समाधान होइनः विप्लव
-
मेरो जिब्रो सोझो छ, बोल्ने शैली सच्याउँछु : सञ्चारमन्त्री
-
हिंसाको जगमा व्यवस्था परिवर्तन गर्ने कुरा मान्य हुँदैन: पौडेल
-
म लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाछी मान्छे होइनः रवि लामिछाने
-
लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइनः केसी