अपडेट
कर्फ्यु लागेसँगै कोटेश्वर सडकमा सेना
शुक्रबार, १५ चैत २०८१, १७ : २४

काठमाडौँ । राजावादी समूहको आन्दोलन हिंसात्मक भएसँगै जारी गरिएको कर्फ्युपछि कोटेश्वर क्षेत्रमा सेना खटाइएको छ ।
नेपाली सेना बख्तरबन्द गाडीसहित सकडमा देखिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा कर्फ्यु लागू गरेको हो ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीका अनुसार सो अवधिमा तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ आदि गर्न नपाइने सूचनामा उल्लेख छ । यस्तै आवतजावत पनि गर्न नपाइने सूचनामा उल्लेख छ ।
कर्फ्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु चुनावमा अपेक्षा र वास्तविकता
-
कोइरालालाई अन्तिम श्रद्धाञ्जली, तस्बिरहरू
-
तीनकुने घटनाका मूल जिम्मेवार ज्ञानेन्द्र शाह हुन्, उनले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली (पूर्णपाठ)
-
पियोर इनर्जीले सर्वसाधारणलाई चैत २८ गतेदेखि आईपीओ जारी गर्ने
-
आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
-
दुर्गेशले गाए ‘कर्मा’को गीत