सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

‘द्रौपदी’ दोस्रो सातामा, आम्दानीको लेखाजोखा आइतबार आउने

शुक्रबार, १५ चैत २०८१, १७ : १७
शुक्रबार, १५ चैत २०८१

काठमाडौँ । फिल्म ‘द्रौपदी’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो साता यो फिल्मको व्यवसाय ठिकठिकै रहे पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका कारण दोस्रो सातामा प्रवेश गर्न सफल भएको हो । 

फिल्मले पहिलो साता कति आम्दानी ग¥यो भन्ने सार्वजनिक गरिएको छैन । फिल्मको देशभरको हिसाब आउन बाँकी रहेकाले आइतबारमात्र कति कमायो भन्न सकिने निर्देशक ऋषिराज आचार्यले बताए ।

फिल्म उप–सभामुख इन्दिरा राना, पूर्वमन्त्री रेखा शर्मा लगायतले केही दिन अगाडि हेरेका थिए । फिल्मले नारीलाई माथि उठाउने र समाज परिवर्तनमा विद्रोहको बिगुल फुक्ने उनीहरूको प्रतिक्रिया थियो ।

फिल्ममा  कर्णालीको सुन्दरता, त्यहाँको जनजीवन र व्यथालाई प्रस्तुत गरिएको छ । फिल्ममा आश्विनी शाही, रवि ओड,  कविराज भाम,  जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवालीलगायतको अभिनय छ ।

फिल्म ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । आरबी मुभिजको ब्यानरमा निर्माण भएको फिल्मका सह निर्माता ऋतु आचार्य र ठडराई हुन् भने निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप