सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

मण्डलामा गुञ्जिदै गायक राज सिग्देल

शुक्रबार, १५ चैत २०८१, १६ : ४८
शुक्रबार, १५ चैत २०८१

काठमाडौं । लोकप्रिय गजल गायक राज सिग्देलले एकल गजल गायन गर्ने भएका छन् । शनिबार (चैत १६ गते) नयाँ बाँनेश्वर, थापागाउँस्थित मण्डला थिएटरमा आयोजित बिम्ब उत्सवमा सिग्देलले एकल गजल प्रस्तुत गर्ने भएका हुन् ।

बिम्ब आर्टसको प्रस्तुतिमा रहेको एकल गजल गायन दिउँसो ४ बजेबाट सुरु हुनेछ । आयोजक बिम्ब आर्टस्की संगीता थापा मगरका अनुसार कार्यक्रममा अन्य संगीतकार चण्डिप्रसाद काफ्ले, सुरेश गैरे, केशव पौडेल, एलिया सुनुवार, राज सागर र दिनेश गौतमको पनि उपस्थिति रहनेछ ।

गायक सिग्देलले १३ बर्षपछि आफूले एकल गजल गायन गर्न लागेको जानकारी दिए । कार्यक्रममा झण्डै २० वटा गजल प्रस्तुत गर्ने सिग्देलले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप