आन्दोलन चर्काउने शिक्षकहरूको चेतावनीपछि विद्यालय शिक्षा विधेयक द्रुत गतिमा अगाडि बढाउन आग्रह

काठमाडौं । विद्यालय शिक्षा विधेयक द्रुत गतिमा अगाडि बढाउन आग्रह गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, प्रमुख दलका मुख्य सचेतकहरू र प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिबीचको छलफलमा दु्रत गतिमा अगाडि बढाउन आग्रह गरिएको हो ।
छलफलमा सहभागी सबै दलले विधेयकलाई तत्काल अघि बढाउन आफ्नो दल सकारात्मक रहेको बताएका थिए । उनीहरूले शिक्षा समितिलाई द्रुत गतिमा विधेयकको काम अगाडि बढाउन आग्रह गरेका थिए । विधेयकलाई निष्कर्षमा पुर्याउन आवश्यक सहजीकरण गर्ने आश्वासनसमेत दिएका थिए ।
विधेयकका सन्दर्भमा भइरहेको शिक्षक आन्दोलनको विषयमा समेत कुराकानी भएको थियो । सहभागीहरूले शिक्षकहरूसँग यसअघि सरकारले गरेका सम्झौताहरूलाई विधेयकमा सम्बोधन गर्न सुझाव दिएका थिए । उक्त छलफलले विद्यालय शिक्षा विधेयकलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ ।
शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलनको तयारी गरेका छन् । देशभरका चार लाख शिक्षक कर्मचारीहरूले काठमाडौंमा सडक आन्दोलनको तयारी थालेका हुन् ।
शिक्षकहरूले विद्यालय शिक्षा ऐन लगेर मात्रै आफ्नो काममा फर्किने बताउँदै चर्को आन्दोलन ल्याउने चेतावनी दिएका हुन् । यतिबेला विभिन्न चरणका आन्दोलन गर्दै आएका छन् । चैत ७ गतेदेखि आजसम्म शिक्षा तथा मावन स्रोत विकास केन्द्रमा रिले अनशन गरेका थिए । अब चैत २० गतेदेखि देशभरका ४ लाख शिक्षक कर्मचारी काठमाडौंमा आएर सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
उनीहरूको चेतावनीपछि शिक्षामन्त्री विद्या भट्टराईले विधेयक दु्रत गतिमा अगाडि बढाउन समिति समक्ष आग्रह गरेकी हुन् । त्यसमा उनले राजनीतिक दलहरूकोसमेत प्रतिबद्धता खोजेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दराज नेपालद्वारा ‘नव वर्ष उत्सव’ ७० प्रतिशतसम्म छुट
-
स्ववियु चुनावमा अपेक्षा र वास्तविकता
-
कोइरालालाई अन्तिम श्रद्धाञ्जली, तस्बिरहरू
-
तीनकुने घटनाका मूल जिम्मेवार ज्ञानेन्द्र शाह हुन्, उनले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली (पूर्णपाठ)
-
पियोर इनर्जीले सर्वसाधारणलाई चैत २८ गतेदेखि आईपीओ जारी गर्ने
-
आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु