काठमाडौँ । व्यवस्था उल्टाउन आन्दोलनमा उत्रिएका राजावादीहरूको शुक्रबारको प्रदर्शन हिंसात्मक बनेको छ । तीनकुनेमा जम्मा भएका राजावादीहरू निषेधित क्षेत्र तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढेपछि सो क्षेत्र रणमैदानमा परिणत भएको हो ।
प्रहरीले प्रर्दशनकारीहरुलाई रोक्न खोज्दा दुई पक्षबिच झडप भएको थियो । प्रदर्शनकारीका कमाण्डरसमेत रहेका दुर्गा प्रसाईंले गाडीसमेत प्रयोग गरेर निषेधित क्षेत्र तोड्न अघि बढेका थिए । त्यसपछि प्रदर्शनले थप उग्ररुप लिएको थियो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली प्रहार गर्नुका साथ बल प्रयोग गरेको थियो ।
प्रदर्शनकारीहरूले सर्वसाधारणको घरमा समेत तोडफोड गरेका छन् । तोडफोड गरिएको एउटा घरमा आगलागीसमेत भएको छ । हेरौँ केही तस्बिरहरू ः
१ प्रतिक्रिया