भूकम्पपछि म्यान्माको जुन्ताद्वारा अन्तर्राष्ट्रिय सहयोगका लागि आग्रह

न्यापिडो । म्यान्माको सत्तारूढ जुन्ताले शुक्रबार देशमा शक्तिशाली भूकम्प आएपछि अन्तर्राष्ट्रिय मानवीय सहायताका लागि दुर्लभ अनुरोध गरेको छ । साथै जुन्ताले छ वटा क्षेत्रमा आपत्काल घोषणा गरेको छ ।
जुन्ता प्रवक्ता जा मिन टुनले भनेका छन्– ‘अन्तर्राष्ट्रिय समुदायले सम्भव भएसम्म चाँडै मानवीय सहायता गरोस् भन्ने छ ।’ हताहतको सङ्ख्या अझै बाहिर आउन बाँकी छ तर सैन्य सरकारले सहयोगका लागि अपिल गरिरहेको छ । यस्तो सहयोगको याचना सैन्य सरकारले प्राकृतिक प्रकोपपछि विरलै गर्छ । यसले क्षतिको स्तर ठूलो हुनसक्ने सङ्केत गर्छ ।
जुन्ताले विज्ञप्तिमा सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये छ वटा सागिङ, मन्दलाय, मगवे, उत्तरपूर्वी शान राज्य, न्यापिडो र बागोमा आपत्कालीन अवस्था लागू भएको जनाएको छ । मन्दलाय, न्यापिडो र सागिङका बिरामीहरूका लागि रक्तदान आवश्यक रहेको जा मिन टुनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा जोसुकै संलग्न भएपनि कडा कारबाही हुन्छ : प्रधानमन्त्री
-
संसद्मा प्रधानमन्त्रीले बोल्दै गर्दा राप्रपाको होहल्ला
-
संसद्मा जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओली ||LIVE||
-
प्रधानमन्त्री ओली भोलिबाट थाइल्याण्ड भ्रमणमा जाने
-
सुरु भयो प्रतिनिधिसभा बैठक
-
श्रद्धाञ्जलीका लागि कोइरालाको पार्थिव शरीर एकीकृत समाजवादीको कार्यालयमा