सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय
राजावादी प्रदर्शन

तीनकुनेको घरमा लागेको आगो निभाउने क्रममा पुगेको दमकलमाथि समेत ढुंगामुढा

शुक्रबार, १५ चैत २०८१, १५ : ३८
शुक्रबार, १५ चैत २०८१

राजधानीको तीनकुनेस्थित एक घरमा लागेको आगलागी निभाउने क्रममा समेत राजावादी प्रदर्शनकारी दमकलमाथि ढुंगामुढामा उत्रिएका छन् । 

राजावादीको प्रदर्शनकै बीच तिनकुनेस्थित एक घरमा एकाएक आगलागी भएको थियो । आगजनी प्रदर्शनकारीले गरेका हुन् या आफैँ आगलागी भएको हो भन्नेबारे खुलिसकेको छैन । 

यद्यपि उक्त आगलागी निभाउन दमकल पुग्दा ढुंगामुढा भएको हो ।  राजावादीहरुले राजतन्त्र पुनर्स्थापनाको माग गर्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकै क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप सुरु भएको थियो । झपड उग्र बन्दै गर्दा प्रहरीले गोली समेत चलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप