हिंसात्मक बन्यो राजावादीको प्रदर्शन

काठमाडौँ । राजावादी समूहले शुक्रबार राजधानीको तिनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको द्विपक्षीय झडप उग्र बन्दै हिंसात्मक बनेको हो ।
राजावादी समूहले प्रहरीमाथि ढुंगामुढा थालेपछि प्रहरीले पनि सुरुमा लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास प्रयास गर्यो । त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि रबरको गोलीका साथै रियल गोली समेत प्रहार भएको छ ।
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको कम्मरमा गोली लागेको प्रदर्शनस्थलमा रहेका रातोपाटी संवाददाताले जनाएका छन् ।
यस्तै झडपमा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् । नेपाल प्रहरीतर्फ पनि केही घाइते भएको बताइएको छ । झपडका क्रममा घाइते भएकामध्ये ४ जना सुरक्षाकर्मीको कान्तिपुर अस्पतालमा उपचार भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।
यस्तै प्रदर्शनकारीतर्फ पनि दर्जनौँ घाइते भएका छन् । यसैगरी घरहरुमा तोडफोड भएको छ भने एक घरमा आगजनी भएको छ । यसैगरी नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि आगजनी भएको छ ।
नवराज सुवेदी नेतृत्वको राजावादी मोर्चा र दुर्गा प्रसाई नेतृत्वको समूहले संयुक्त रुपमा राजतन्त्रको पक्षमा प्रदर्शन गरेको हो । प्रदर्शन शान्तिपूर्ण हुने भनिएपनि हिंसात्मक बन्न पुगेको हो । प्रदर्शन हिंसात्मक बनेसँगै स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर
-
सुर्यप्रसादलाई ‘डुबाउने’ मापदण्डको व्यवस्था अर्थमन्त्रालयद्वारा खारेज