माधव नेपालको चेतावनी : आज कास्टिङमात्र हो, वंशको शासन गर्न खोजे ठुलो मूल्य चुकाउनुपर्ने छ
_uEWWKeAIuJ.jpg)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रले देशको भलो नगरेको भन्दै राजतन्त्र फर्कने कल्पना नै गर्न नहुने बताएका छन् ।
शुक्रबार भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौँको भृकुटीमण्डपमा आयोजित चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यो देशमा कसैले फेरि वंशको शासन ल्याउन खोज्छ भने ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।
‘आजको कार्यक्रम नेपालको राजनीतिमा कास्टिङमात्र हो । त्यस कारण प्रतिगामी शक्तिहरू होसियार ! अव यो मुलुक शाही वंशतर्फ फर्कन सक्दैन । राणातन्त्रतर्फ र वंश र परिवारको शासनतिर मुलुक फर्कन सक्दैन, जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले कसैको दासता स्विकार्न तयार छैनन्’, अध्यक्ष नेपालले भने, ‘वंशको शासन ल्याउन खोजे त्यसले ठुलो मूल्य चुकाउनुपर्नेछ ।’उनले शासकको कमजोरीका कारण जनताले समस्या भोगिरहेको तर सरकार तमासे भएर बसेको बताए । ‘हामीले सरकार ढालेका छैनौ तर सरकार ढले..ढले... भनिरहेको छ’, नेपालले भने, ‘प्रचण्ड कमरेडलाई स्वर्ग र नर्कको कुरा गरेछन् । प्रचण्ड सोझो मान्छेलाई नर्कतिर पठाइदिएछन् । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तेस्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा उम्मेदवारी दिने विचार गरिरहेका छन् ट्रम्प
-
स्वास्थ्य बिमा सेवामा हैरानी छ, सहज बनाउ सरकार !
-
तीनकुनेमा भएको हिंसात्मक घटना रोक्न सरकारको कमजोरी रहेको मोर्चाको निष्कर्ष
-
ट्रम्पलाई ग्रिनल्याण्डका प्रधानमन्त्रीको जवाफ : हामी कसैको अधीनमा छैनौँ
-
काठमाडौँको माकलबारीमा १ लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ
-
नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो