सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय
राजावादी प्रदर्शन

रणमैदान बन्यो तीनकुने क्षेत्र, प्रदर्शनकारी तितरबितर, केही प्रदर्शनकारी घाइते

शुक्रबार, १५ चैत २०८१, १५ : ०४
शुक्रबार, १५ चैत २०८१

काठमाडौँ । राजधानीको तीनकुने क्षेत्र रणमैदान बन्न पुगेको छ । दुई पक्षीय झडपसँगै प्रदर्शनकारी तोडफोडमा उत्रिएका छन् भने एक घरमा आगलागी समेत भएको छ । आगलागी कसरी भयो भन्नेबारे स्पष्ट भएको छैन । 

तर, अहिले घरमा आगलागी हुँदै गर्दा दुई पक्षीय झडप जारी रहेको छ भने प्रहरीको अश्रुग्यास  पानीको फोहोराका कारण प्रदर्शनकारी तितरवितर भएका छन् । 

झडपमा दुबैतर्फ घाइते भएको रातोपाटी संवाददाताहरुले जनाएका छन् । प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका हुन् । 

वर्तमान व्यवस्थाको विरोधमा राजावादी सडकमा आएका हुन् । राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप