बुद्धको सन्देशलाई विश्वभर फैलाउनु पर्छः पूर्व राष्ट्रपति भण्डारी

बुटवल । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार/प्रसार गरी शान्ति दूतको भूमिका निर्वाह गर्न सकिने बताएकी छन् ।
लुम्बिनीमा आज थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्व राष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्त्व आजको समयमा झनै बढेको बताइन् ।
गौतम बुद्धले अहिंसा, करुणा, र शान्तिको मार्ग देखाएको उल्लेख गर्दै बुद्धको शिक्षाले संसारभर करोडौँ मानिसलाई प्रेरित गरेको बताइन् । उनले कतिपय विकसित र शक्तिशाली देशहरूबिचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था रहेको बताउँदै त्यसैले बुद्धका शान्ति, करुणा, र शिक्षाको सान्दर्भिकता झन् बढेको बताइन् ।
सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि तीन तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले लुम्बिनी क्षेत्रको विकास गुरुयोजनाको आधारमा अघि बढाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको असंसदीय भाषा रेकर्डबाट हटाउन राप्रपाको माग
-
थाइल्यान्डमा यस्तो छ प्रधानमन्त्री ओलीको कार्यक्रम
-
ट्रम्पले भने, ‘नयाँ कर सबै देशहरूमा लागू हुनेछ’, एसियाली सेयर बजारमा गिरावट
-
न्यून भिजिबिलिटीले कम्तीमा आधा दर्जन विमान डाइभर्ट
-
सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले दोषीलाई कारवाही गर्छ : गृहमन्त्री लेखक
-
यस्तो छ ‘खेल’को ट्रेलर