सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय
राजावादी प्रदर्शन

राजावादीको कार्यक्रम बिथोलियो, तीनकुने क्षेत्र अशान्त–घरमा आगलागी

शुक्रबार, १५ चैत २०८१, १४ : ४५
शुक्रबार, १५ चैत २०८१

काठमाडौँ । राजधानीको तीनकुने क्षेत्र अशान्त बनेको छ । राजावादीको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएसँगै सो क्षेत्र अशान्त बनेको छ ।  दुई पक्षीय झडपसँगै राजावादी नेताहरूले गरेको मुख्य कार्यक्रम बिथोलिएको छ । कार्यक्रम हुँदै गर्दा दुई पक्षीय झडप भएसँगै नेताहरूले सम्बोधन गर्ने मुख्य कार्यक्रम बिथोलिएको हो । 

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो भने लगत्तै झडपको स्थिति बनेको थियो । सो क्रममा प्रदर्शनकारीले ढुंगामुढा गरे भने प्रहरीले पनि पानीको फोहोरा, लाठीचार्ज र अश्रुग्यास प्रहार गरे । 

यसैबिच तीनकुने क्षेत्रको एक घरमा आगलागी भएको छ । प्रदर्शनकारीले प्रदर्शन र ढुंगामुढा गरिरहेकै बेला आगलागी भएको हो । आगलागी आफैँ भएको हो या आन्दोलनकारी गरेको आगलागी गरेको हो भन्नेबारे स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ ।

अहिले आगलागी नियन्त्रणका लागि दमकल घटनास्थलमा पुगेको छ ।  प्रत्यक्षदर्शीले आगलागी हुनुअघि भने उक्त घरमा ढुंगामुढा भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप