जेलमा रहेका इस्तानबुलका मेयरका वकिल पनि पक्राउ
इस्तानबुल । इस्तानबुलको जेलमा रहेका मेयर एकरेम इमामोग्लुले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना वकिललाई हिरासतमा लिइएको बताएका छन् ।
‘मेरा वकिल मेहमत पेहलिभानलाई बिना कुनै कसुर काल्पनिक आधारमा हिरासतमा लिइएको छ,’ इमामोग्लुले आफ्नो कानुनी टोलीमार्फत प्रकाशित एक्सको एक पोस्टमा भनेका छन् ।
उनले लेखेका छन्– ‘मानौं लोकतन्त्रविरुद्धको ‘कू’ पर्याप्त थिएन, पीडितहरूले आफ्नो बचाउ गरेको सहन सक्दैनन् भन्दै आफ्ना वकिललाई तत्काल रिहा गर्न माग गरेका छन् ।
गत मार्च १९ मा इमामोग्लुको गिरफ्तारीपछि देशभर भएको व्यापक विरोध प्रदर्शनको रिपोर्टिङका लागि टर्कीएका थप दुई जना पत्रकारलाई पनि पक्राउ गरिएको टर्कीए पत्रकार सङ्घ (टिजिएस) ले एक्समा गरेको एक पोस्टमा उल्लेख गरेको छ ।
एभ्रेन्सल अखबारका संवाददाता निसा सुडे डेमिरेल र इथा न्यूज एजेन्सीका लागि काम गर्ने एलिफ बेबट भएको सङ्घले जनाएको छ ।
सङ्घले भनेको, ‘पत्रकारलाई आफ्नो काम गर्न दिइयोस् । सबै गैरकानुनीरूपमा हिरासतमा लिइएका नागरिक तथा पत्रकारको शीघ्र रिहाइ होस् ।’ टर्कीएका अधिकारीहरूले प्रदर्शनको रिपोर्टिङ गरेको आरोपमा सोमबार पक्राउ परेका ११ जना पत्रकारमध्ये केहीलाई बिहीबार रिहा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता