सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु

शुक्रबार, १५ चैत २०८१, १३ : ४८
शुक्रबार, १५ चैत २०८१

दाङ । भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।  दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ । 

सोही दुर्घटनामा परि गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय  युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए । 

अन्य दुई जनाको पहिचान हुन बाँकी छ । अन्य दुई जना पनि तुलसीपुर निवासी नै रहेको वडाध्यक्ष जिसीले बताउनुभयो । गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ । गाडीमा सवार अन्य पाँच जना घाइते छन् । उनीहरुको भारतमै उपचार भइरहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप