विपक्षी दलहरूले अवरोध गरेपछि राष्ट्रियसभा बैठक एक घण्टाका लागि स्थगित
_2NxhmzvLqw.jpg)
काठमाडौँ । विपक्षी दलहरूको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । सवा एक बजे बैठक सुरु हुँदावित्तिकै विपषी दलहरूले उठेर विरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मालाई बोल्ने समय दिए ।
विश्वकर्माले आफूहरूले राखेका माग पूरा नभएकाले सदनको कारबाही अगाडि बढ्न नसक्ने बताए । ‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनाको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग हामीले राखेका थियौँ । त्यो माग पूरा भएको छैन,’ उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति उत्तरदायी नभएको हाम्रो बुझाइ छ । त्यसैले सदनको कारबाही अगाडि बढ्न सक्दैन ।’
त्यसपछि अध्यक्ष दाहालले आमसी समझदारीमा समस्या हटाउन सकिने भन्दै सदनको कारबाही अगाडि बढाउन दिन पटक पटक आग्रह गर्दा पनि विपक्षी सांसदहरू बसेनन् । विशेष आग्रह गदै अनुरोध गर्दा पनि सांसदहरूले सुनेनन् ।
विश्वकर्माले विपक्षीले ठूलो आन्दोलन र प्रदर्शन गर्दा सदन स्थगित गर्ने प्रचलन भए पनि आज राखिएकोमा पनि रोस प्रकट गरे ।
त्यसपछि अध्यक्ष दाहालले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् । घिसिङलाई सरकारले पदबाट हटाएको प्रकरणमा विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले भने सदनमा जवाफ नदिने सार्वजनिक कार्यक्रममा बताइसकेका छन् । विपक्षीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदनको अवरोध कायम राख्ने बताउँदै आएका छन् । पटक–पटक भएका बैठकमा दुवै पक्ष आ–आफ्ना अडानबाट टसमस नहुँदा समस्याको निकास निस्कन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा