‘सतीदेवी’ युकेको लिफ्ट अफ फिल्ममेकर अवार्डमा छनोट

काठमाडौंँ । नेपाली फिल्म ‘सतीदेवी’ युकेको लिफ्ट अफ फिल्ममेकर सेसन भोलुम ३’ अवार्डमा छनोट भएको छ । अप्रिल ७ मा आयोजना हुने अवार्ड फिल्म प्रदर्शन समेत हुनेछ । केही दिन अगाडि काठमाडौँमा आयोजित आठौंं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा मोस्ट पपुलर फिचर फिल्म अडियन्स च्वाइस अवार्ड समेत जितेको थियो । फिल्मका निर्देशक लक्ष्मण सुवेदी हुन् ।
नेपाल चलचित्र बिकास बोर्डले बाडेको राष्ट्रिय चलचित्र पुरस्कारमा विशेष चलचित्र पुरस्कार जित्न सफल ‘सतीदेवी’ गत भदौमा प्रदर्शनमा आएको थियो । फिल्म फेरि प्रदर्शनमा आउने तयारीमा छ ।
लक्ष्मण सुवेदी निर्देशित फिल्म महिलाको कथामा बनेको फिल्म हो । फिल्ममा मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता शिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको अभिनय छ ।
निर्देशक सुवेदी स्वयंको निर्माण, लेखन र गीत समेत रहेको फिल्ममा बाबु श्रेष्ठको छायाङ्कन छ । फिल्मका निर्माता श्रीदेवी सुवेदी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी सङ्घको साधारणसभा आज, नयाँ नेतृत्वका लागि निर्वाचन हुने
-
सर्लाहीमा ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते
-
वरिष्ठ गीतकार थापालाई टाइम अचिभमेन्ट अवार्ड प्रदान
-
दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
-
बिस्केट जात्राको आज दोस्रो दिन, भैरव र भद्रकालीको रथमा पूजाआजा गरियो