सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

फुटबलमा जातीय दुर्व्यवहार उन्मुलन गर्न रोनाल्डोको नेतृत्वमा विशेष कार्यदल गठन

शुक्रबार, १५ चैत २०८१, १२ : ४५
शुक्रबार, १५ चैत २०८१

काठमाडौँ । आफ्नो समयका प्रभावशाली फुटबलर रोनाल्डो नाजारियोले पछिल्लो समय दक्षिण अमेरिकी फुटबलमा बढ्दो जातीय दूर्व्यवहार, भेदभाव र हिंसा उन्मुलन गर्न गठित विशेष कार्यदलको नेतृत्व गर्ने भएका छन् । 

४८ वर्षीय रोनाल्डो ब्राजिललाई दुईपटक फिफा विश्वकपको उपाधि चुमाउने खेलाडी हुन् । रोनाल्डोले सन् १९९४ र सन् २००२ मा ब्राजिललाई विश्वकपको उपाधि चुमाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । दक्षिण अमेरिकी फुटबल महासंघले यस्तो कार्यदल गठन गरेको हो । 

‘यो कार्यदललाई फुटबलमा जातिय दूर्व्यवहार, भेदभाव र हिंसा रोक्न विभिन्न नीतिहरु तयार पार्ने तथा खेलकुद र समाज दुवैलाई नकारात्मक असर पार्ने यस्ता व्यवहारलाई उन्मुलन गर्न विभिन्न संयन्त्र निर्माण गर्ने जिम्मेवारी दिइएको छ,’ महासंघले भनेको छ ।

यस विषयमा छलफल गर्न महासंघका अध्यक्ष अलेज्यान्ड्रो मोमिङ्वेजले राजनीतिक दलका नेता, सरकारी अधिकारी, पूर्वखेलाडी र खेलाडी संघका प्रतिनिधिहरुको विस्तृत बैठक बोलाएका थिए । सोही बैठकले यस्तो विशेष कार्यदल गठन गर्ने निर्णय लिएको हो ।

पछिल्ला वर्षहरुमा ब्राजिलियन खेलाडी र समर्थकहरुलाई अवे मैदानमा खेल्दा ‘बाँदर’ भनेर मजाक उडाउने गरिएको छ । विशेष कार्यदलमा रोनाल्डोसँगै फिफाका पूर्वमहासचिव फातमा सामौरा र अर्जेन्टिनाका पूर्वखेलाडी सर्जियो मार्ची पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप