हसनको ‘वन अफ द मिलियन्स’को सकियो छायाङ्कन
शुक्रबार, १५ चैत २०८१, १२ : ४१

काठमाडौँ । फिल्म ‘वन अफ दि मिलियन्स’को छायाङ्कन सकिएको छ । अमेरिकामा गरिएको फिल्मको छायाङ्कन ११ दिनमै सकिएको हो ।
अभिनेता हसनराजा खानको मुख्य भूमिका रहेको फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । फिल्ममा एक नेपाली आप्रवासीको अमेरिका पुग्ने सपना कथाको रूपमा उठाएको खानले बताए ।
अवैध बाटो अपनाएर आफ्नो भविष्य बनाउने आशामा घरपरिवार छाडेर अमेरिका पुग्नका लागि जोखिम मोल्ने नेपालीको कथा समेत फिल्मले बुनेको उनले सुनाए ।
फिल्ममा हसनको अलावा सुवास थापाको पनि मुख्य भूमिका छ । फिल्ममा हसन र सुवासको अलावा अन्य २० जना अमेरिकामा नै रहेका कलाकारले अभिनय छ ।
फिल्मको छायाङ्कन रामेश्वर कार्कीले गरेका हुन् । फिल्म ‘वन अफ दि विलियन्स’लाई पहिले विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा र त्यसपछि नेपालमा रिलिज गरिने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पलाई ग्रिनल्याण्डका प्रधानमन्त्रीको जवाफ : हामी कसैको अधीनमा छैनौँ
-
काठमाडौँको माकलबारीमा १ लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ
-
नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो
-
मैत्रीपूर्ण फुटबलमा सेना विजयी
-
विद्यार्थीको अवधारणा उद्योगसँग जोड्दै सफ्टवेरिका कलेज
-
प्रधानमन्त्री ओलीले गरे कुमारी देवीको दर्शन