एनआरएनए एकता महाधिवेशन मूल आयोजक समितिको सदस्य सचिवमा गौतम

काठमाडौँ । एकता महाधिवेशन गराउने जिम्मेवारी पाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समिति मातहतको ‘मूल आयोजक समिति’को सदस्य सचिवमा गंगाधर गौतम मनोनीत भएका छन् ।
उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले उनलाई सदस्य सचिवमा मनोनयन गरेका हुन् । एनआरएनएका सक्रिय अभियन्ता गौतम हाल युरोपको बेल्जियममा बसोबास गर्दै आएका छन् ।
पत्रमा उच्चस्तरीय समितिको १२ औँ बैठकको निर्णयअनुसार गौतमलाई एकता महाधिवेशनका लागि मूल आयोजक समितिको सदस्य सचिवमा मनोनीत गरिएको उल्लेख छ । यस मनोनयनले एकता महाधिवेशन सफल बनाउन गौतमको कार्यकुशलताको पूर्ण सहयोग रहने भन्ने विश्वासका साथ आगामी दिनहरूमा मूल आयोजक समितिको बैठक सञ्चालन गरिदिन पनि अनुरोध गरिएको छ ।
एनआरएनए उच्चस्तरीय समितिले मे ३, ४ र ५ मा काठमाडौँमा एकताको महाधिवेशन घोषणा गरेको छ । सोही महाधिवेशनका लागि उच्चस्तरीय समितिले मूल आयोजक समिति गठन गरेको थियो ।
समितिमा करिब ३०० जना अभियन्ताहरू रहेको बताइएको छ । गौतम यसअघि एनआरएनएमा कुमार पन्त नेतृत्वमा रहँदा एकीकृत महाधिवेशनका लागि सहजकर्ताको भूमिका खेलेको थिए । त्यतिबेला विधान समितिको सहसंयोजक थिए। यस्तै १० औँ महाधिवेशनमा उनी सचिवको भूमिकामा थिए भने त्यतिबेला वार्ता समितिको सदस्य सचिव पनि थिए । जसअनुसार तत्कालीन बिनोद कुँवर नेतृत्वको एनआरएनएसँग एकता गराउनका लागि उनले प्रचण्डको रोहबरमा हस्ताक्षार गराउन भूमिका खेलेका थिए । तर, उक्त सहमति विभिन्न कारणले कार्यान्वय हुन सकेको थिएन । यस्तै त्यसपछि पनि उनी विधान समितिको सदस्य सचिव पनि थिए ।
यस्तै एनआरएनए बेल्जियमको संस्थापक सदस्यदेखि अध्यक्षसम्म चयन भएका उनी कांग्रेस निकट जनसम्पर्क समितिका नेता समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कृष्ट प्रदर्शन र कीर्तिमानको ओइरोबिच पहिलो उपाधिको खोजीमा रुमल्लिएका ह्यारी केन
-
मध्यपश्चिम विश्वविद्यालयमा आज स्ववियु निर्वाचन जारी
-
जीतविहीन मुम्बईसँग उसैको मैदानमा भिड्दै साबिक विजेता कोलकाता
-
भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोडमा ८० लाखभन्दा बढीको क्षति
-
बागमतीमा सर्वदलीय बैठक बस्दै
-
तीनकुनेमा भेला भएर मोटरसाइकल र्याली निकाल्दै एमाले