बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौँ । इलाममा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सो आरोपमा इलाम नगरपालिका–४ बरबोटे बस्ने २२ वर्षीय दिपेश नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
दीपेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट बिब्ल्याटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै बर्दियामा पनि १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर
नगरपालिका–१० लालपुर बस्ने ३५ वर्षीय वसन्त थारु पक्राउ परेका छन् । उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । वसन्तले ती बालिकालाई सोही नगरपालिका–१० कोठियाघाटस्थित गेरूवा कर्णाली नदीको किनारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी
कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैत्रीपूर्ण फुटबलमा सेना विजयी
-
विद्यार्थीको अवधारणा उद्योगसँग जोड्दै सफ्टवेरिका कलेज
-
प्रधानमन्त्री ओलीले गरे कुमारी देवीको दर्शन
-
सुनको मूल्य तोलामा १ लाख ७८ हजार रुपैयाँ नजिक पुग्यो
-
अमेरिकामा टिकटक किन्ने टन्नै छन् : ट्रम्प
-
उत्कृष्ट प्रदर्शन र कीर्तिमानको ओइरोबिच पहिलो उपाधिको खोजीमा रुमल्लिएका ह्यारी केन