सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ

शुक्रबार, १५ चैत २०८१, १२ : २४
शुक्रबार, १५ चैत २०८१

काठमाडौँ । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन् । बाँके, कैलाली, तनहुँ लगायतका जिल्लाबाट ६ जना पक्राउ परेका हुन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय २० मिलिग्राम सहित कोहलपुर नगरपालिका–२ बस्ने २२ बस्ने सुजन थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरलाई  बिहीबार राति पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालगन्जतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्रामसहित रोल्पा परिवर्तन गाउँपालिका–३ बस्ने ३१ वर्षीय भूपेन्द्र बुढामगर समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाह, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता, कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया बजारबाट अवैध लागू औषध खैरो हेरोइन १ ग्राम ५ सय मिलिग्राम सहित कञ्चनपुर कृष्णपुर नगरपालिका–४ मालुमेला बस्ने २७ वर्षीय दीपक ओली समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।

त्यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागू औषध ट्रामाडोल २ सय ६० ट्याब्लेट सहित लमजुङ राइनास नगरपालिका–४ बस्ने २६ वर्षीय आशिष गैरेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट मुग्लिन पुलजिपबाट

खटिएको प्रहरीले काठमाडौँबाट लमजुङतर्फ जाँदै गरेको बा.३ ख १०६८ माइक्रो बस जाँच गर्ने क्रममा माइक्रोमा सवार उनलाई उक्त लागू औषध सहित फेला पारी पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप