आन्दोलनका कारण सवारी साधनविहीन देखिए काठमाडौँका सडक (तस्बिरहरू)
शुक्रबार, १५ चैत २०८१, १२ : २४
_UDNSmnIVM0.jpg)
काठमाडौँ । गणतन्त्रवादी र राजावादी प्रदर्शनको कारण काठमाडौँ उपत्यकाका सडक सवारीसाधन विहीन देखिएका छन् ।
तीनकुने क्षेत्रमा राजावादीहरूले प्रदर्शन गरिरहेका छन् । भृकुटीमण्डप क्षेत्रमा गणतन्त्रवादीहरूको प्रदर्शन छ ।
दुई पक्ष आन्दोलनमा होमिएपछि उपत्यकाको सडकहरूमा सावारी साधन न्युन मात्रामा गुणेका छन् । मुख्य सडकहरूमा पनि पैदलयात्रीहरु मात्र देखिएका छन् । हेर्नुहोस् सुनधारा क्षेत्रका केही तस्बिरहरू: