सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

बुल्गेरिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ

शुक्रबार, १५ चैत २०८१, १२ : १४
शुक्रबार, १५ चैत २०८१

काठमाडौँ । बुल्गेरिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।  सो अभियोगमा कीर्तिपुर नगरपालिका–९ बस्ने झापा बिर्तामोड नगरपालिका–४ घर भएका ५७ वर्षीया आशा परियार पक्राउ परेकी हुन् ।

सो आरोपमा परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । आशाले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कीर्तिपुर नगरपालिका–९ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप