फोटोफिचर
राजावादीलाई रिङ्गरोड भित्र छिर्न नदिन तीनकुनेको प्रमुख लेनमा प्रहरीको बार (तस्बिरहरू)
शुक्रबार, १५ चैत २०८१, ११ : ४९
_uKh9VAWgNg.jpg)
काठमाडौँ । गणतन्त्रवादी र राजावादीले आज काठमाडौँमा प्रदर्शन गरिरहेका छन् । जसका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
राजावादी समूहलाई रिङ्गरोड भित्र छिर्न नदिन बानेश्वर स्थित तीनकुनेको प्रमुख लेनमा प्रहरीले बार लगाइदिएको छ । सर्वसाधारणलाई भने साइडको लेन बाट हिँड्न दिएको छ।
शङ्कास्पद गतिनिधिप्रति पनि प्रहरीले चेकिङ गरिरहेको छ । सुरक्षा व्यवस्था चुस्त राख्न ३५ हजार प्रहरी सडकमा तैनाथ छन् ।