श्रीलङ्का र थाइल्यान्डको भ्रमणमा जाँदैछन् मोदी, के होला एजेन्डा ?
शुक्रबार, १५ चैत २०८१, ११ : ४६

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी थाइल्यान्ड र श्रीलङ्काको भ्रमणमा जाँदैछन् । अप्रिल ३ देखि अप्रिल ६ सम्म उनले यी दुई देशको भ्रमण गर्नेछन् । यो जानकारी भारतीय विदेश मन्त्रालयले शुक्रवार दिएको हो ।
मोदी अप्रिल ३ र ४ मा थाइल्यान्डको भ्रमणमा हुनेछन् । यस अवधिमा उनी बैँककमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सहभागी हुने बताइएको छ ।
मोदीले अप्रिल ३ मा थाइल्यान्डका प्रधानमन्त्रीसँग पनि भेट्नेछन् । थाइल्यान्ड भ्रमणपछि मोदी श्रीलङ्काको भ्रमणमा जानेछन् । भ्रमणका क्रममा मोदीले श्रीलङ्काका राष्ट्रपति अनुराकुमार दिसानायकेसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता