राष्ट्रिय युवासंघको महाधिवेशन जेठ ९ देखि, ५५५ सदस्यीय व्यवस्थापन समिति गठन
शुक्रबार, १५ चैत २०८१, १७ : ०२

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ महाधिवेशन २०८२ जेठ ९–१०–११ गते हुने भएको छ । शुक्रवार बसेको युवासंघको पदाधिकारी बैठकले युवासंघको महाधिवेशन मिति तय गरेको हो ।
महाधिवेशनस्थल पोखरा हुने भएको छ । महाधिवेशन सम्पन्न गर्न सङ्घका अध्यक्ष क्षितिज थेवेको संयोजकत्वमा उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम सहसंयोजक र महासचिव सुमन पुरी सदस्य सचिव रहेको ५५५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।