काठमाडौँमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेसन सञ्चालनमा
शुक्रबार, १५ चैत २०८१, ११ : १७

काठमाडौँ । दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको लागि ब्याट्री-स्वापिङ प्रविधिमा अग्रणी गोगोरोले काठमाडौँ उपत्यकाभरि पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेशनहरू स्थापना गरेको छ। गोगोरोले आफ्नो प्रतिबद्धता अनुरुप smart scooter को बिक्री गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको जनाएको छ।
रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरमा गोगोरोका ४५ स्वाप स्टेशनहरूले चार्जिङको लागि पर्खने झन्झट हटाउँदै फुल चार्ज गरिएका ब्याट्रीहरूमा सजिलै पहुँच प्रदान गर्ने जनाइएको छ। केवल ६ सेकेन्ड समय लाग्ने स्वापका कारण नेपाली ईभी प्रयोगकर्ताहरूले निर्बाध यात्राको आनन्द लिन सक्ने कम्पनीको भनाइ छ ।