सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

हिन्दी गीत ‘तुझ्मे खोया तुझ्मे पाया’मा सुशान्त  र सृष्टिको अभिनय

शुक्रबार, १५ चैत २०८१, ११ : ०७
शुक्रबार, १५ चैत २०८१

काठमाडौँ । गायक सोनु मिश्रको स्वर रहेको हिन्दी गीत ‘तुझ्मे खोया तुझ्मे पाया’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गीतमा मोहमद साहिदको शब्द तथा संगीत छ ।

भिडियोमा प्रतिभाशाली मोडल सुशान्त ढकाल र सृष्टि खड्काको अभिनय छ । भिडियो नितिन चन्दले निर्देशन गरेका हुन् । भिडियो योर स्टाइल प्रोडक्सनले तयार पारेको हो ।
 
कार्यक्रममा मोडल मिस पवि, योर स्टाइल प्रोडक्सनका चिरन्जीवी शर्मा,  मोडल नमित चन्द लगायतको उपस्थिति थियो । कार्यक्रममा निर्देशक चन्दले भिडियोमा प्रेमकथालाई फरक तवरबाट प्रस्तुत गर्न खोजेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप