सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय
बजार

१४०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

शुक्रबार, १५ चैत २०८१, १० : ५९
शुक्रबार, १५ चैत २०८१

काठमाडौँ । सुनको मूल्य १ हजार ४ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रवारको लागि तोकेको मूल्य अनुसार सुनको मूल्य बढेर प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँ पुगेको हो । बिहीबार यस्तो मूल्य प्रतितोला १ लाख ७४ हजार ८०० रुपैयाँ रहेको थियो । 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । योसँगै चाँदी प्रतितोला २ हजार ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन यो मूल्य २ हजार २० रुपैयाँ रहेको थियो । सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप