अस्ट्रेलियामा ३ मेमा आमचुनाव

ब्रिसबेर्न । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले शुक्रबार मे ३ मा देशमा संघीय चुनाव हुने घोषणा गरेका छन् । अल्बानीजको लेबर पार्टीसँग अहिले थोरै बहुमत छ । जनमत सर्वेक्षणले अस्ट्रेलियाका दुई प्रमुख राजनीतिक दलहरू– लेबर पार्टी र लिबरल पार्टीबिच कडा प्रतिस्पर्धा हुने देखाएको छ ।
यस्तो अवस्थामा, दुवै प्रमुख राजनीतिक दलहरूले स्वतन्त्र सांसदहरू वा अन्य साना दलहरूमा भर पर्नु पर्ने देखिन्छ । २०२२ सालमा भएको चुनावमा साना दल र स्वतन्त्र उम्मेदवारहरूले कीर्तिमानी मत प्राप्त गरेका थिए ।
चुनावी अभियानमा जीवनयापनको खर्चसँग सम्बन्धित मुद्दाहरू हावी हुने सम्भावना छ । पत्रकार सम्मेलनमा अल्बानीजले महँगिएको जीवनयापन खर्चलाई सम्बोधन गर्ने आफ्नो वाचा दोहोर्याएका थिए ।
उनले पहिले नै थप निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, विद्यार्थी ऋण घटाउने र सानो कर कटौती लागू गर्ने योजना घोषणा गरिसकेका छन् । आफ्ना प्रतिद्वन्द्वी पिटर डटनलाई निर्वाचित गर्नु भनेको देशका लागि एक पछाडि हट्ने कदम हुने पनि उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता