सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय
नेपाल सुपर लिग फुटबल

ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

शुक्रबार, १५ चैत २०८१, १० : २८
शुक्रबार, १५ चैत २०८१

काठमाडौँ । शनिबारदेखि सुरु हुने बहुप्रतिक्षित फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा सहभागी क्लबमध्येको एक ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रूपमा साथ दिने भएको छ । 

एनसेल र ललितपुर सिटी एफसीबिच यस विषयमा सम्झौता भएको छ । ललितपुर सिटी एफसीले एनएसएलको तेस्रो संस्करणमा आफ्नो पहिलो खेल शनिबार साँझ १८ः०० बजे काठमाडौँ रेजर्स एफसीसँग खेल्दै छ । 

यो साझेदारीले ललितपुर सिटी एफसीलाई थप उत्साह र हौसला प्रदान गरेको क्लबले जनाएको छ । यो सिजनमा ललितपुर सिटीबाहेक काठमाडौँ रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवनले एनएसएलमा सहभागिता जनाएका छन् ।

‘एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभाको विकासमा सधैँ प्रतिबद्ध रहेको स्पष्ट पार्छ । सबैमा उत्साह जगाउँदै सबैले मन पराउने फुटबल खेलमा आबद्ध हुन पाएकोमा खुसी छौँ,’ एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भनेका छन् ।

एनएसएलको तेस्रो संस्करण आगामी वैशाख १३ गतेसम्म चल्नेछ । एनसेल एनएसएलको तेस्रो संस्करणको प्रमुख प्रायोजक पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप