राजधानीमा सुरक्षा सतर्कता बढाइयो
_9ulW18XPIL.jpg)
काठमाडौँ । राजधानीमा आज राजतन्त्रवादी र समाजवादी मोर्चाले फरक—फरक प्रदर्शन गर्ने भएसँगै सुरक्षा सतर्कता बढाइएको छ ।
दिउँसोबाट काठमाडौँको तीनकुनेमा राजावादीहरुले र भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन गर्न लागेका हुन् । दुवैले एक अर्काविरुद्ध प्रदर्शन गर्न लागेका छन् ।
प्रहरीकाअनुसार अधिकांश स्थानमा प्रहरी चेकिङ मजबुत बनाइएको छ । त्रिपुरेश्वरदेखि नै रत्नपार्कतिर जाने सडक बिहानैदेखि बन्द गरिएको छ भने अन्य स्थानमा नागरिकको सुरक्षार्थ प्रहरीले सुरक्षा मजबुत बनाएको छ । आन्दोलनका लागि दुवै पक्षले तयारी जारी राखेका छन् ।
आजको जनप्रदर्शनमा समाजवादी मोर्चाले १ लाख बढी मानिसहरू उतार्ने दाबी गरेको छ । आजको जुलुसलाई दुवै पक्षले शक्ति प्रदर्शनको रूपमा लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति देउवा
-
ईदले आपसी प्रेम र सद्भाव प्रगाढ बन्ने पूर्वराष्ट्रपति भण्डारीको विश्वास
-
हेर्दा हेर्दै कसरी हरायो एउटा भाषा
-
प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना
-
ट्रम्पले किन भने- ‘म पुटिनसँग धेरै रिसाएको छु’?
-
ईदले सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले