एसईई दिने विद्यार्थीले सवारी साधन नपाए काठमाडौँ महानगर प्रहरीले गन्तव्यमा पुर्याइदिने

काठमाडौँ । समाजवादी मोर्चा र राजावादीहरूले प्रदर्शनको तयारी गरेपछि काठमाडौँ उपत्यकामा सवारी साधन न्युन मात्रामा गुडेका छन् । त्यसको प्रत्यक्ष मारमा एसईई परीक्षा दिने विद्यार्थी परेका छन् ।
यसै विषयलाई मध्यनगर गर्दै काठमाडौँ महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्याउने भएको छ । आज एक सूचना जारी गर्दै प्रहरी बलले गन्तव्यमा पुग्न समस्या भए सम्पर्क गर्न आग्रह गरेको छ ।
वानेश्वर क्षेत्रमा रहेका विद्यार्थीले दिनेश कुमार अर्याल (९८५१०६८०९६), रत्नपार्क क्षेत्रका विद्यार्थीलाई मनोज प्रसाद लामिछाने (९८५१०९३१७६) नयाँ बसपार्क क्षेत्रका विद्यार्थीले पूर्णचन्द्र भट्ट (९८५१२३३६३३) र टेकु क्षेत्रका विद्यार्थीले प्रकाश पण्डित (९८५१०५६३४६)लाई सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ ।
साथै हटलाईन ०१५९०१७६४ र ९८५१३५६५०९ मा पनि सम्पर्क गरेर बस सेवा लिन सक्ने महानगर प्रहरी बलले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति देउवा
-
ईदले आपसी प्रेम र सद्भाव प्रगाढ बन्ने पूर्वराष्ट्रपति भण्डारीको विश्वास
-
हेर्दा हेर्दै कसरी हरायो एउटा भाषा
-
प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना
-
ट्रम्पले किन भने- ‘म पुटिनसँग धेरै रिसाएको छु’?
-
ईदले सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले