कपाल झरेर हैरान हुनुहुन्छ ? यी खानेकुरा आजैदेखि खान थाल्नुहोस्

आजकल कपाल झर्ने समस्याले जो कोहीलाई पनि सताएको देखिन्छ । कतिपयको कपाल यति धेरै झर्छ कि कतिपय ठाउँमा टाउको खाली नै देखिन्छ । कपालको उचित हेरचाह नगर्दा धेरै पटक कपाल झर्न थाल्छ भने कतिपयको कपालमा पोषक तत्त्वको कमीले पनि कपाल झर्छ । कपाल झर्नु आजभोलि आम समस्या बनेको छ ।
मानिसहरू कपाल झर्न कम गर्न र टाउकोमा कपाल उमार्न विभिन्न घरेलु उपाय अपनाउने गर्छन् । विभिन्न प्रकारका महँगा उत्पादनहरू प्रयोग गर्छन् तर पनि यसले खासै फाइदा पुर्याइरहेको हुँदैन । वास्तवमा कपालले आवश्यक पोषक तत्त्व धेरै पटक नपाउँदा कपाल झर्न थाल्छ । तपाईँले नियमित रूपमा केही खानेकुराहरू खान थाल्नुभयो भने कपाललाई धेरै मात्रामा पोषण पाउँछ र कपाल झर्ने समस्या पनि कम हुन्छ ।
१ गाजरले कपाल छिटो बढाउँछ
मेट्रोपोलिसइन्डिया डट कममा छापिएको एक खबर अनुसार यदि तपाईंको कपाल असाध्यै झर्छ भने तपाईँ गाजर खानुहोस् । गाजरमा भिटामिन ए हुन्छ जसले कपाललाई विभिन्न खालको लाभ प्रदान गर्छ । शरीर र कपालको कोशिकाको विकासका लागि भिटामिन ए निकै आवश्यक छ । यसको कपालको विकास तीव्र रूपमा हुन्छ । यसले कपालको सिबमको निर्माण बढाउँछ । यसले कपाल हाइड्रेट राख्छ र स्वस्थ बनाउँछ र साथै, गाजरले टाउकोमा रक्तसञ्चार बढाउँछ र समय अगावै कपाल सेतो हुनबाट पनि रोक्छ ।
२ दैनिक अण्डा खानुहोस्
अण्डामा विभिन्न खालको प्रोटिन हुन्छ जसले कोलेजनको निर्माण गर्छ । कोलेजन सिन्थेसिसमा सुधार हुँदा कपालको जरा बलियो, घना र लामो हुन्छ । साथै, अण्डामा बायोटिन पनि हुन्छ जुन हेयर केयरका लागि आवश्यक हुन्छ । यसले कपाल बढ्न सहयोग गर्छ । अण्डामा भएको आइरनले रक्तसञ्चार बढाएर कपाललाई बलियो, चम्किलो बनाउँछ ।
३ सिट्रस फलहरू खानुहोस्
कागती, सुन्तला, अङ्गुर जस्ता सिट्रस फलहरूमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसमा कोलाजेन पनि हुन्छ, जसले कपाललाई बल दिन्छ । भिटामिन सीले कोलाजेनको उत्पादन बढाउँछ । स्केल्प ब्लड सर्कुलेशनमा सुधार गर्छ । यो हेयर फलिकल्सलाई फ्री रेडिकलसको कारण हुने अक्सिडेटिव ड्यामेजबाट सुरक्षा गर्छ । अमिलो फलफूल खाँदा कपाल राम्रोसँग बढ्छ । यस्तोमा यदि तपाईंको कपाल झरिरहेको छ भने भिटामिन सीले भरपुर अमिलो खानेकुरा वा बेरिज खानुहोस् ।
४ एभोकाडो, दालचिनी पनि उत्तम
धेरै कपाल झरिरहेका कारण तपाईँ चिन्तित हुनुहुन्छ भने तपाईँले प्रत्येक दिन दालचिनी र भिटामिन ई ले भरपुर एभोकाडोको सेवन गर्नुहोस् । यी दुवैले तपाईंको कपालको विकास गर्छ र कपाल झर्न कम गर्छ । एभोकाडोमा पोटासियम, भिटामिन बी र फोलिक एसिड पनि हुन्छ जसले कपालको विकासमा सुधार गर्नुका साथै यसलाई बाक्लो पनि बनाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखान सम्पन्न
-
स्वस्थ हावा स्वस्थ शरीर
-
बल्खु चोकमा भेला हुन थाले राप्रपाका नेता कार्यकर्ता, तस्बिरहरू
-
दीनानाथ शर्माको नेतृत्वमा माओवादी टोली चीन जाँदै
-
ज्ञानेन्द्र शाहको ह्याट्रिक गर्ने रहर
-
तीनकुनेको साइडइफेक्ट बल्खुमा : सुरक्षाकर्मीको उपस्थिति बाक्लो, तस्बिरहरू