क्यानेडेली प्रधानमन्त्री कार्नीले भने-अमेरिकासँगको पुराना सबै नाता सम्बन्ध समाप्त

काठमाडौं । क्यानेडेली प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो नाता सम्बन्ध समाप्त भएको बताएका छन् । उनले आफुहरुको अर्थव्यवस्थाको गहन एकीकरण, कडा सुरक्षा एवं सैन्य सहयोगमाथि आधारित सम्बन्ध समाप्त भएको बताएका हुन् ।
क्याविनेट बैठकपछि ओटावामा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री कार्नीले भने, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफलाई लिएर क्यानेडेली नागरिकले आफ्नो अर्थव्यवस्थाको मौलिक रुपमा पुर्नकल्पना गर्न जरुरी छ ।’
क्यानाडाले जवाफी ट्यारिफ अर्थात् भन्सार शुल्क लगाउने र जसको अमेरिकामा पनि अधिकतम प्रभाव पर्ने उनको भनाइ छ । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार आयातित सवारी तथा पाटपूर्जामा २५ प्रतिशत भन्सार शुल्क अर्थात् आयातकर लगाउने घोषणा गरेका थिए ।
लिबरल नेता कार्नीले १९९५ मा हस्ताक्षरित मूल क्यानाडा-अमेरिका अटोमोटिभ उत्पादन सम्झौतालाई आफ्नो जीवनकालको सबैभन्दा महत्वपूर्ण सम्झौता भनेका छन् । उनले क्यानाडा अमेरिकी ट्यारिफ जारी रहेपनि आफ्नो अटो उद्योगलाई चलायमान राख्नसक्ने बताएका छन् । उनले सरकार र व्यवसायी मिलेर उद्योगलाई पुर्ननिर्मित तथा पुर्नपरिभाषित गर्नका लागि काम गर्न सक्ने समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता